दफा ३९०
बहालमा लिने व्यक्तिको दायित्व
बहालमा लिने व्यक्तिको दायित्व देहाय बमोजिम हुनेछ :–
(क) निर्धारित समयमा घरधनीलाई बहालको रकम भुक्तानी गर्नु पर्ने,
(ख) बहालमा लिएको घर आफ्नो घर सरह मानी सरसफाइ, उचित र मनासिब तवरले हेरचाह, संरक्षण तथासुरक्षा गर्नु पर्ने,
(ग) आफू बहालमा रहेको घरका अन्य व्यक्ति वा छिमेकीलाई अशान्ति, हैरानी वा असुरक्षा हुनेजस्ता कुनै काम गर्न नहुने,
(घ) सम्झौतामा उल्लिखित अन्य कुराहरू पालन गर्ने ।